गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ

काठमाडौँ शंखरापुर नगरपालिका-३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले बिहिबार पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ हुनेमा शंखरापुर नगरपालिका- ३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जना रहेका छन् । उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले करिब ५ सय किलो गोरुको मासु सहित पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार