सरकारले गर्‍यो नेपाल प्रहरीका एआईजी सरुवा, को कहाँ पुगे ?

सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सरुवा गरेको छ ।बुधवार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो ।

निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मै यथावत रहेका छन् भने एआईजी विश्वराज पोखरेल मानव स्रोत एवं प्रशासन विभागमा सरुवा भएका छन् ।



यसअघि पोखरेल अपराध अनुसन्धान विभागमा थिए । उनको ठाउँमा एआईजी प्रद्युम्न कार्कीलाई पठाइएको छ भने कार्कीको ठाउँ (प्रहरी एकेडेमी) मा निरज शाहीको सरुवा भएको छ । हालै एआईजीमा बढुवा भएका सहकुल थापालाई कार्य विभाग प्रमुखका रूपमा पदस्थापन गरिएको छ ।

सम्बन्धित समाचार