नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदाै ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईलाई प्रवक्ताबाट हटाएका छन् । माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटाइएको हो ।
एमालेमा समाहित भएलगत्तै २०७५ जेठ २ गतेकै संरचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
तर दुई साता पनि नबित्दै योगेशको प्रवक्ता पद खोसिएको छ । विहीबार एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा भने प्रवक्ता परिवर्तन गरिएको छ । उक्त विज्ञप्तिमा प्रवक्ताको रुपमा प्रदीप ज्ञवालीले हस्ताक्षर गरेका छन् । दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ ।


