तीन मन्त्रीलाई दिइयो थप जिम्मेवारी

लुम्बिनी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी थप गरिएको छ । आज (शुक्रबार) मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा तीन मन्त्रीलाई थप जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । त्यस्तै लुम्बिनी प्रदेश सरकारको प्रवक्ता रहेका आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।



यस्तै शहरी विकास मन्त्री रहेका डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको थप जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

तीन मन्त्रीको जिम्मेवारी थप

 

सम्बन्धित समाचार