माधव नेपालसँग गौतमले राखे यस्तो शर्त

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग शर्त राखेका छन् । गौतमले आज (शुक्रबार) निजी सचिवालयमार्फत प्रेस नोट जारी गर्दै नेकपा (एकीकृत समाजवादी)मा समावेश हुनको लागि शर्त राखेका हुन् ।

एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) अंगीकार राखे नेपालको नयाँ पार्टीमा आफू सहभागी हुने गौतमले बताए । त्यस्तै गौतमले निजी सचिवालयमार्फत प्रेस नोट जारी गर्दै आफूहरू एकीकृत समाजवादीमा प्रवेश गर्न मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद रहनुपर्ने बताएका हुन् ।



निजी सचिवालयको प्रेस नोटमा भनिएको छ, ‘माधवकुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र सर्तबाहेक अरु कुनै सर्त क.वामदेव गौतमले राख्नुभएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ।’

सम्बन्धित समाचार