एकीकृत समाजवादीमा झलनाथले पाए यस्तो जिम्मेवारी

नवगठित दल नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनाललाई सुम्पेको छ । नेकपा (एकीकृत समाजवादी)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने कि नमान्ने भन्ने बहस चलिरहेका बेला ‘जबज विरोधी’ मानिने खनाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी सुम्पेको हो ।

नेकपा एमालेको पाँचौ महाधिवेशनमा भण्डारीले जबज प्रस्ताव गर्दा ‘दक्ष प्रजापतिको टाउको’ भनि टिप्पणी गर्दै फरक मत राखेका खनालले पार्टी दर्ता गर्नुअघि चन्द्रागिरी सम्मेलनलाई नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट सम्बोधन गर्दै ‘जबजको युग समाप्त भएको’ घोषणा गरेका थिए । उनले नेकपा (एकीकृत समाजवादी) ले नयाँ राजनीतिक कार्यदिशा बनाउनुपर्ने प्रस्ताव गर्दै दिल्लीबाट मञ्जुरीनामासहित समाजवादीमा सनाखत गरेका थिए । १४ भदौमा स्वदेश फर्किएपछि खनाललाई समाजवादीले १३ सदस्यीय राजनीतिक प्रतिवेदन लेखन समितिको नेतृत्व सुम्पिएको हो ।



खनाल नेतृत्वको राजनीतिक प्रतिवेदन लेखन समितिमा जबजमा नै विद्यावारिधी गरेका डा। बेदुराम भुसाल, एमाले प्रदेश सांसदबाट निष्काशित प्रकाश ज्वाला, महासचिवका दावेदारद्धय गंगालाल तुलाधार र विजय पौडेल, प्रदेश १ का मुख्यमन्त्रीका दावेदार राजेन्द्र राई, सम्भावित मन्त्रीका सूचीमा रहेका जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीसहित केशवलाल महर्जन, सावित्रा भुसाल र गणेश विश्वकर्मा सदस्य रहेका छन् ।

सम्बन्धित समाचार