मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४-८५ सूचीकृत

मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्जका बीच यही २०७८ भाद्र १७ का दिन ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४-८५ को क्रम संख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्ता मूल्य १००० कायम भएको कुल १२,५०,००० कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लि.(धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १२,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको मिति २०७८ भाद्र १५ गतेको निर्णयानुसार सूचीकरण भएको जनाइएको छ ।



साथै, मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न उक्त बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भीजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको पनि जनाइएको छ ।

 

सम्बन्धित समाचार