‘हाम्रा नेताहरु दुध र भात खान पाइन्छ भनेर देउवाको भान्सामा म्याउँ गर्न पुगे’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधव नेपालजस्तो लाज पचेको मान्छे अहिलेसम्म नदेखेको बताएका छन्। शनिबार एमाले काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो घरका बिरालोहरू शेरबहादुर देउवाको भान्सामा देखिन्छन्। दुध र भात खान पाइन्छ भनेर शेरबहादुरजीको भान्सामा म्याउँ गर्न पुगेछन्।’

माधव नेपालले प्रतिवेदन निकालेर एमालेविरुद्ध भ्रम छरेको उनले बताए। जनताको पक्षमा काम गर्ने सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको पनि उनले आरोप लगाए। माधव नेपाललाई भने, ‘उनको काम नै एमालेको विरोध गर्नु, जनतामा भ्रम छर्नु हो। उनी किन यति धेरै कम्युनिष्ट विरोधी भए। अहिले त ’एस’ पार्टी रे! कांग्रेसको ‘एस पार्टी’।



जनताको पक्षमा काम गर्ने सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने माधव नेपालजस्तो लाज पचेको मान्छे अहिलेसम्म नदेखेको उनले बताए। ‘अस्तिसम्म जुन खाटमा बसेको थिए। त्यहीलाई बन्चरो हानिरहेका छन्। जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ। माधव नेपाल जस्तो सरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन’ ओलीले भने।

उनले गठबन्धनमा सामेल भएकाहरूलाई एमालेसँग एक्लै चुनाव लड्न चुनौती पनि दिए।

सम्बन्धित समाचार