नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।
फ्रान्सले विश्वकपको युरोपेली छनोट अन्तर समूह ‘डी’ को पाँचौं खेलमा बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युक्रेनले फ्रान्सलाई १-१ को बराबरीमा रोकेको हो ।
युक्रेनको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ४४ औं मिनेटमा मायकोला शापरेन्कोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले २० यार्डबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ५० औं मिनेटमा एन्थनी मार्टियलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप समयमा कुनै टोलीबाट खेल भएन र खेल १-१ को बराबरीमा सकियो ।
यद्यपि दुवै टोलीले केहि गोल गर्ने अवसर खेर फालेका थिए । बराबरीसँगै फ्रान्स ५ खेलबाट २ जित र ३ बराबरीसँगै ९ अंक जोड्दै शीर्ष स्थानमा छ भने ५ खेलमा ५ खेलै बराबरी खेलेको युक्रेन ५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । तालिकाको दोस्रो स्थानमा फिनल्याण्ड रहेको छ र उसले ३ खेलबाट ५ अंक जोडेको छ ।