नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (आइतबार) ६०० रुपैयाँले उकालो लागेको छ । शुक्रबार तोलामा रु १०० बढ्दै ९० हजार ९०० मा कारोवार भएको छापावाला सुनको आज भने रु ९१ हजार ५०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन शुक्रबार तोलामा रु ९० हजार ४०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य शुक्रबारको मूल्य भन्दा ३५ रुपैयाँ बढ्दै तोलाको रु १ हजार २३० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।