मोदीको विरोध गर्नेलाई थुन्छु भन्ने यो सरकार लोकतान्त्रिक हो कि तालिबानी? : खगेन्द्र संग्रौला

राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले भारतीय सीमा रक्षकले तुइन काटेर जयसिंहको जघन्य हत्या गर्दा उत्पन्न जनआक्रोश मोदीको पुत्ला दहनमा प्रकट भो त के उपद्रो भो ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार एक ट्विट गर्दै उनले मोदीको विरोध गर्नेलाई थुन्छु भन्ने यो सरकार लोकतान्त्रिक हो कि तालिबानी ? हो भन्दै प्रश्न गरेका हुन् । गत शुक्रबार नेकपा (एकिकृत समाजवादी) विद्यार्थीहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी)संलग्नता पुष्टि भएपछि घटनाको विरोधमा मोदीको पुत्ला दहन गरेका थिए । त्यस्तै गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति निकाल्दै मोदीको विरोध गर्नेलाई कारवाही गर्ने निर्णय गरेको थियो ।



संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘भारतीय सीमा रक्षकले तुइन काटेर जयसिंहको जघन्य हत्या गर्दा उत्पन्न जनआक्रोश मोदीको पुत्ला दहनमा प्रकट भो त के उपद्रो भो ? यो लोकतन्त्रमा प्रचलित विरोधको एउटा रूप हो । यो विरोधको विरोधमा विरोधकर्तालाई पक्रिन्छु, थुन्छु भन्ने यो सरकार लोकतान्त्रिक हो कि तालिबानी हो ?’

संग्रौलाको ट्विट :

संग्रौलाको ट्विट :

सम्बन्धित समाचार