नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदाै ।

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने ३३ वर्षीय आनन्द भण्डारी रहेका छन् ।
आनन्दले ती महिलालाई भदौ १३ गते सोही ठाउँस्थित सिंहदेवी सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
