पार्टी एकताको लागि किरण, बाबुराम र विप्लवसँग कुरा भैरहेको छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् कम्युनिष्ट पार्टी एकताको पहल भइरहेको बताएका छन्। माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउँछौँ। नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउने पहल गरिरहेका छौँ।’

प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको पनि बताए। माओवादी केन्द्र र नेकपा एमालेबीच एकता गर्दा कमजोर नभएको बताउँदै देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्र एकताको पक्षमा झण्डा उठाउने उनको भनाइ छ।



माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको र आगामी दिन पनि पूर्ण समानुपातिक निर्वाचनको मुद्दालाई अगाडि बढाउने उनले बताए। नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय भएको उनले दाबी गरे।

सम्बन्धित समाचार