नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट चरेस बोकेर कतारका दोहा जान लागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेस सहित कतार एयरको उडानद्वारा दोहा कतार जान लागेका थिए ।
पक्राउ पर्नेहरुमा म्याग्दी मंगला गाउँपालिका-३ ठेगाना भएका ३६ वर्षीय श्याम प्रसाद रोका र सोही ठाउँ ठेगाना भएका ३५ वर्षीय वीर बहादुर रोका मगर रहेका छन् । कतार एयरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरुलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त चरेस फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध चरेस मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

