काँग्रेसले लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उफ्रन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिले एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । आज (मंगलबार) पोखरा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न एक अभियान नै चलेको बताए ।

उनले एमालेलाई हेर्न समेत नसक्ने भन्दै देश जागेर एउटा शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा छ । त्यस्तै ओलीले भने, ‘एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्त्वहरू पनि सक्रिय छन् र विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।’



‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उफ्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’ ओलीले भने । ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न र पार्टी कब्जा गर्न प्रचण्ड र माधव नेपालले प्रयास गरेको दाबी गरे । यस्तै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए ।

सम्बन्धित समाचार