फ्रान्स, पोर्चुगल, नेदरल्याण्ड्स र नर्वे विजयी

फ्रान्सले विश्वकपको युरोपेली छनोट अन्तर समूह ‘डी’ को खेलमा फिनल्याण्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा फ्रान्स २-० ले विजयी भएको हो ।

खेलको २५ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्यो । व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा ५३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई २-० को सहज जित दिलाए ।



जितसँगै फ्रान्स ६ खेलबाट ३ जित र ३ बराबरीसँगै १२ अंक जोड्दै शीर्ष स्थानमा छ भने ४ खेलमा १ जित २ बराबरी र १ हारसँगै ५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । तालिकाको दोस्रो स्थानमा युक्रेन रहेको छ र उसले ५ खेलबाट ५ अंक जोडेको छ ।

फ्रान्स

त्यस्तै,  विश्वकपको युरोपेली छनोट अन्तर्गतनै भएको अन्य खेलमा पोर्चुगलले अजरवैजानलाई ३–० ले पराजित गरेको छ भने नेदरल्याण्ड्सले टर्कीलाई ६–१ फरालिको अन्तरले हराएको छ । यस्तै विश्वकपको युरोपेली छनोट अन्तर्गत नै अर्को खेलमा नर्वेले जिब्राल्टरमाथि ५–१ को शानदार जित निकालेको छ ।

पोर्चुगल

नेदरल्याण्ड्सनर्वे

 

सम्बन्धित समाचार