नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बुधबार) ७०० रुपैयाँले ओरालो लागेको छ । मंगलबार स्थिर रहेर ९१ हजार ४०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज भने रु ९० हजार ७०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन सोमबार स्थिर रहदै रु ९० हजार ९०० कारोवार भएकामा आजका लागि भने रु ९० हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै तोलाको रु १ हजार २२० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।