प्रधानमन्त्री पुत्र राजनीतिमा उदाए

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा प्रवेश गरेका छन् । जयवीरसिंहको नाम क्रियाशील सदस्य सूचीमा रहेसँगै उनी राजनीतिमा उदाएका हुन् ।

२६ वर्षीया जयवीरसिंहको डडेल्धुरा गन्यापुरा गाउँपालिका–वडा नम्बर १ असिग्रामबाट क्रियाशील सदस्यता रहेको छ। उनी नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा रहेका छन् । उक्त वडा प्रदेश सभा क्षेत्र (ख) मा पर्छ।



बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका जयवीरसिंह वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भए भने यसपालि महाधिवेशन प्रतिनिधि आउने सम्भावना रहन्छ ।

सम्बन्धित समाचार