नेकपा एमालेले दियो यस्तो चेतवानी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । माधव नेपालसहित कारबाहीमा परेका १४ सांसद बैठकमा उपस्थित भएमा एमालेले संघीय संसदको बैठक चल्न नदिने निर्णय गरेको हो ।

एमाले संसदीय दलका नेता तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई संसद चल्न नदिन निर्देशन दिएका हुन् । आज बसेको संसदीय दलको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएपछि उनले संघीय संसदको बैठक चल्न नदिने बताएका हुन् । उनले भने ‘हामी गम्भीर राजनीतिक लडाइमा छौँ। ‘



उनले एमालेमाथि षड्यन्त्र भएकाको भन्दै त्यो षड्यन्त्र चिर्न र संसद अवरुद्ध गर्ने बताए । पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै एमालेले १४ सांसदलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा पत्र पठाएको छ ।

 

 

सम्बन्धित समाचार