नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा नयाँ आन्दोलन चाहिएको बताएका छन् । आज (बुधबार) बिहान जनयुद्धका सहिद सुरेश वाग्ले (वासु)को २२औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले उनले आफूहरू नसच्चिए माओवादी लोगोमा मात्र सीमित हुने बताए । त्यस्तै उनले अध्यक्ष प्रचण्डले देश भित्र र बाहिरका प्रतिक्रान्तिकारीहरुले एमसीसीको प्रयोग गरेर सत्तारुढ गठबन्धन भत्काउने प्रयास गरिरहेको दाबी गरे । उनले भने ‘देशमा अब नयाँ आन्दोलन चाहिने देखिएको छ, गठबन्धन तोड्ने षड्यन्त्र पनि भइरहेको छ । देशभित्र र बाहिरबाट ।’
प्रचण्डले आफूहरु एमसीसी पास गर्ने पक्षमा नरहेको भन्दै हामी कम्युनिस्ट हौँ, गल्तीलाई स्वीकार गर्न हामीलाई अप्ठेरो छैन भने । अध्यक्ष प्रचण्डले प्रचण्डले अहिलेको निर्वाचन प्रणाली बदल्नु अति आवश्यक भएको पनि बताए ।

