नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।

काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदक रहेका छन् ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

