एमालेको विरोधका वावजुद प्रतिनिधि सभा बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश टेबुल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा टेबुल गरेको छ ।

बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष टेबुल गरेका हुन् ।



प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि सभामुखले निष्पक्ष भूमिका नखेलेको भन्दै एमाले सांसद्ले संसद्मा नारावाजी गरेका थिए ।

सम्बन्धित समाचार