नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।
विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा जर्मनीले आइसल्याण्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
जर्मनीलाई जित दिलाउन एन्टोनी रुडिगर, टिमो वार्नरले, जोडी सर्ज गेनाब्री र लिरो सानेले समान १-१ गोल गरे । जितसँगै जर्मनी ६ खेलमा ५ जित र एक हारसहित १५ अंक जोड्दै शीर्ष स्थानमा छ भने ६ खेलमा १ जित, १ बराबर र ४ हारसहित ४ अंक जोडेको आइसल्याण्ड तालिकाको पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै समूह ‘जे’ कै अर्को खेलमा अर्मेनियाले भने लिचेस्टाइनले बराबरी खेल्दै अंक बाँडेका छन् भने युरोपेली छनोट अन्तर्गत समूह ‘ई ‘ को खेलमा बेल्जियमले बेलारुसलाई १–० ले पराजित गरेको छ । यस्तै अन्य खेलमा स्पेनले कोसोभोलाई २–० ले पराजित गर्दा इंग्ल्यान्डले पोल्याण्डसँग १-१ को बराबरी खेलेको छ ।