नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार) १०० रुपैयाँले ओरालो लागेको छ । बुधबार ७०० रुपैयाँ घट्दै रु ९० हजार ७०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज भने रु ९० हजार ६०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन बुधबार रु ९० हजार २०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य बुधबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै तोलाको रु १ हजार २१० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।