नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।

काठमाडौंको सेतो पुलमा रहेको मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको छ ।
आज (बिहीबार) बिहान अस्पतालको तेस्रो तलाको शौचालयमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु टाइमरजस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । शौचालयमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
त्यस्तै विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली अस्पताल पुगेको छ ।

