नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार सहितको टोलीलाई कोटेश्वरमा कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज (बिहीबार) काठमाडौँ आइपुगेकी सुमार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटि बालकोटबाट फर्किने क्रममा एमसीसीको विरोधमा रहेका समूहले कालोझण्डा देखाउन खोजिएको हो । पक्राउ परेका १५ जनालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ ।
यस्तै पक्राउ गरिएका १५ जनलाई तत्काल रिहाइको माग गर्दै प्रदर्शनकारीहरूले महानगरीय प्रहरी प्रभाग कोटेश्वर घेराउ गर्दै एमसीसी विरुद्ध नाराबाजी गरेका छन् ।

