सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले गरे यस्तो निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । आज(बिहीबार) भएको छलफलमा केही दिनभित्र नै सरकारलाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रिमण्डल विस्तार र सरकारको गतिविधिबारे कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँती पनि सहभागी रहेका थिए ।



यसअघि आज बिहान प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र एमसीसीको विषयमा छलफल भएको एक स्रोतले बताएको छ ।

गत साउन २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवा नेतृत्वको सरकारले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्दा सरकारको आलोचना भइरहेको छ । यसअघि भएको भेटमा काँग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाले ६-६ वटा मन्त्रालय पाउने सहमति भएपनि कुन-कुन मन्त्रालय पाउने भन्ने विषयमा भने टुंगो लागेको छैन ।

 

 

सम्बन्धित समाचार