एमसीसीबारे यसो भने गोकुल बाँस्कोटाले

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमसीसी यतिबेला १६५ को कम्फरटेवल गठबन्धनको घाँटीमा नराम्ररी अड्किन पुगेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै बाँस्कोटाले एमसीसी तिनीहरुको समस्या हो जसले अमेरिकी कानुन र सम्झौताका प्राबधानको तुलनात्मक अध्ययन विना सही गरेको बताए । बाँस्कोटाले एमसीसी सत्तापक्षीय गठबन्धनको घाँटीमा अड्किएको टिप्पणी गरे ।



ट्विटरमा बाँस्कोटाले लेखेका छन्–’एमसीसी तिनीहरुको समस्या हो जस्ले अमेरिकी कानुन र सम्झौताका प्राबधानको तुलनात्मक अध्ययन विना सही गरे।र,समयक्रममा आफैंले गिजोलेनन मात्र अन्तराष्ट्रिय राजनीतीको अविश्वसनीय र घरेलु राजनीतीको खतरनाक हतियार बनाए।यतिबेला १६५ को कम्फरटेवल गठबन्धनको घाटीमा त्यो नराम्ररी अड्किन पुगेछ।’

बाँस्कोटाको ट्विट :

बाँस्कोटाको ट्विट :

 

सम्बन्धित समाचार