क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई पाँच हजार दिने

क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता बिरामीका लागि मासिक खर्च उपलब्ध गराउने निर्णय गरेका हुन् । त्यस्तै शर्माले कोरोनाबाट रोजगारी गुमाएकालाई प्रति घरपरिवार १० हजार अनुदान दिने बताए ।



यस्तै सरकारले बजेटमा प्रस्तुत गरेको नयाँ कार्यक्रममा बैठक भत्ता, इन्धन, गोष्ठि सम्बन्धी खर्चमा कटौतीगर्ने, २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने, राजनीतिक आन्दोलनमा बलिदानप्राप्त परिवारलाई मासिक तीन हजार दिने , खोप आपूर्ति सुनिश्तिता सहितको बजेट, बेरोजगार युवाहरुको एकीकृत अभिलेख तयार गरिने, मेरुदण्ड पक्षघात र मृगौला प्रत्यारोपण गरेकालाई मासिक ५ हजार उपलब्ध गराउने , प्रत्येक प्रदेशमा कम्तीमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र बनाउने, काठमाडौँ उपत्यकामा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने, धार्मिक संग्रहालय स्थापना गरिने, पढ्दै कमाउँदै कार्यक्रम सुरुवात गरिने, कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न गर्नेलाई प्राथमिकतामा राख्ने , समयमा निर्माण कार्य सम्पन्न नगर्ने प्रवृत्तिमा सुधार गरिने जस्ता कार्यक्रम रहेका छन् ।

 

सम्बन्धित समाचार