नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदाै ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटक विघटन गरेको प्रतिनिधिसभाको बैठकमा पछिल्ला दिनहरूमा रोचक दृष्य देखिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गर्दैगर्दा फरक फरक दृश्य देखियो।
एमालेले माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक एमालेले निरन्तर अवरोध गरिरह्यो। तर, सभामुखले आफ्नो संसद् बैठक सञ्चालन गरिरहे।
एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरेर सभामुखको रोष्ट्रमतर्फ जान खोज्दै गर्दा नेता नेपालको पक्ष छाडेका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताहरू रमिते बनिरहे। उनीहरूले न नाराबाजी गरे न त कुर्सीमै बसिरहने हिम्मत गरे। एमालेभित्रको विवादमा अन्तिमसम्म माधव नेपाललाई साथ दिएका नेताहरु १४ सांसदको कारबाहीबारे खुलेका छैनन्।

