सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बस्ने भएको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भैरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ।

बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने, संसद निरन्तर चलाउने र समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल भैरहेको बताइएको छ । त्यसैगरी बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा समेत छलफल भैरहेको छ ।



आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनभित्र रहेका पाँच दलका शीर्ष नेता सहभागी छन् ।

यसअघिको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए। आजको बैठकमा गठबन्धनका दलबाट सरकार सहभागी हुने मन्त्रीको नाम आएमा आजै मन्त्रिपरिषद् विस्तार हुने सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार