यी हुन् एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपी

संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई सार्वजनिक गरेको छ। नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले आज(आइतबार) सार्वजनिक गरेको हो ।

उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् । गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ ।



लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बरामद भएको प्रहरीले जनाएको थियो । लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीको बयानमा भनेका छन् ।

यो पनि पढ्नुस :

एकै परिवारका ६ जनाको हत्या प्रकरण: पक्राउ परे भतिजा नाता पर्ने व्यक्ति, दिए यस्तो बयान

सम्बन्धित समाचार