नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।

सभामुख अग्निप्रसाद सापकोटा संसद्को अवरोध हटाउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपालेका नेताहरुसँग छलफल गरिरहेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग सभामुख सापकोटा छलफलमा छन् ।
बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ । गत शुक्रबार पनि एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले फुटाएको, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका नखेलेको भन्दै एमालेले सदन अवरोध गरेको थियो ।

