भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

आज बसेको बैठकमा सुरु देखिनै प्रतिपक्ष दल नेकपा एमालेले अवरोध र नाराबाजी गर्दै आएपछि सभामुखले १५ मिनेटको लागि बैठक स्थगित गरेका थिए । त्यस्तै दोस्रो बैठकमा पनि एमालेले अवरोध गरेपछि सभामुखले भदौ २९ गत्तेसम्मका लागि बैठक स्थगित गरेका हुन् । यसअघि सभामुख सापकोटाले संसद्को अवरोध हटाउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।



बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ। गत शुक्रबार पनि एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले फुटाएको, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका नखेलेको भन्दै एमालेले सदन अवरोध गरेको थियो ।

 

सम्बन्धित समाचार