यी दुई सांसदले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।

उनीहरुले नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेपनि आयोगले सनाखत गर्न नमानेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश मीरा खड्काको एकल इजलासले सांसदद्धयमाथि कुनै कारबाही नगर्न भन्दै भदौ २९ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।



नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका पाण्डे र भट्टलाई उनीहरुको नाम नभएको भन्दै सनाखत गर्न मानेको थिएन ।

सम्बन्धित समाचार