मलाई अब आफू एक्लिदै जान्छु कि भन्ने चिन्ताले सताएकाे छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही १-२ वर्षपछि यस्तै हुने होकि भन्ने चिन्ता लाग्ने गरेको बताए।

आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे मनन गरिदिन पनि बाम बुद्धिजीविहरुलाई आग्रह गरे।



‘कहिलेकाँही मलाई पनि यस्तै हुँदो रहेछ। १-२ वर्ष जतिमा एक्लो पो हुने हो कि ? माओले भनेजस्तै ‘म एक्लो हुँ,’ भन्नुपर्ने हो कि ? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के। तपाईहरु यो पनि चिन्तन,मनन गरिदिनुहोला। नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाका सन्दर्भमा यो रोग के होरु पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयोरु यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र ? ’ उनले भने।

अध्यक्ष दाहालले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका ईतिहासहरुको सही समिक्षा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए। अध्यक्ष दाहालले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढन चाहेको पनि पटकपटक दोहोर्‍याए।

सम्बन्धित समाचार