नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (सोमबार) ३०० रुपैयाँले उकालो लागेको छ । आइतबार ४०० रुपैयाँ घट्दै रु ९० हजार ३०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज भने रु ९० हजार ६०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन आइतबार रु ८९ हजार ८०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य आइतबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै तोलाको रु १ हजार २०० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।