९७ वर्षीया वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षीया एक वृद्धामा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रूपमा गरिएको अस्पतालबाट प्राप्त विज्ञप्तिमा जनाइएको छ ।

ललितपुर खोकनाकी ९७ वर्षीया गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात् हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो । अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाई केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको जनाइएको छ । ‘९७ वर्षीया वृद्धा त्यही पनि मुटु रोगले ग्रस्त, हामीले उच्च सावधानी अपनाएर उहाँको शल्यक्रिया सफल रूपमा सम्पन्न गरेका छौं, यो दुर्लभ नै हो’ चिकित्सक अमात्यले भनेका छन् ।



उनका अनुसार चिकित्सकहरु वृद्धा र मुटु रोगीलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै दिँदैनन् । केही वर्ष अघि शाही लडेर हिपको जोर्नी भाँचिएको थियो । हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

सम्बन्धित समाचार