नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदाै ।

सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा दलका नेताहरूले प्रतिपक्षी नेकपा एमालेसँग वार्ता–संवाद गर्न सुझाएका छन् ।
आज बसेको बैठकपछि राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडलले सदन अवरोध खुलाउन प्रतिपक्षीको नेता उपस्थित नभएकाले निष्कर्षमा पुग्न नसकिएको बताइन् ।
‘संवादबाट नै हरेक अफ्ठ्याराहरुलाई निर्णयमा पुर्याउन सकिन्छ । त्यसका लागि प्रतिपक्षीलाई बोलाएर सर्वदलीय बैठक बोलाउन सभामुखलाई अनुरोध गरियो,’ उनले भनिन् । आजको बैठकमा प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित थियो । एमालेले लगातार संसद् अवरोध गर्दै आइरहेको छ ।

