अल्पमतमा परेका दुई मुख्यमन्त्री दशैंअघि नै पदमुक्त हुँदै

नेकपा (एकीकृत समाजवादी)ले बागमती र प्रदेश १ संसदीय दलले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नभएको जानकारी गराएको छ । नेकपा एमाले विभाजित हुँदा १० सांसदले एकीकृत समाजवादी रोजेका थिए । निर्वाचन आयोगले कानूनी मान्यता दिएपछि उनीहरुले राजेन्द्रकुमार राईलाई दल नेता चयन गरे भने सरकारलाई आजकै मिति अर्थात २८ भदौबाट समर्थन नभएको जानकारी गराएको छ ।

मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । र राष्ट्रिय राजनीतिमा उथलपुथल नभए मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने छैनन् । उनी अबको ३० दिन अर्थात २६ असोज (वडादशैंको फूलपाती) अगाडि नै मुख्यमन्त्री पदबाट पदमुक्त हुनेछन् ।



यही अवस्था छ, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको । एमाले विभाजित हुँदा १३ सांसदले एकीकृत समाजवादी रोजेका थिए । नयाँ दलले २७ भदौमा मुख्यमन्त्री शाक्यलाई समर्थन नभएको जानकारी गराएको प्रदेशसभा सचिव कृष्णहरि खड्काले बताए । अब उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल नभए प्रदेश १ का मुख्यमन्त्री आचार्यले जस्तै मुख्यमन्त्री शाक्यले पनि विश्वासको मत पाउने छैनन् । दुबै मुख्यमन्त्रीको दशैंअगाडि नै पदमुक्त हुने निश्चित छ ।

सम्बन्धित समाचार