सावित्री कंचनजंगा अगरबत्तीको सामाजिक सक्रियता : निःशुल्क मास्क वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सावित्री कंचनजंगा अगरबत्तीले विभिन्न क्षेत्रमा मास्क वितरण गरेको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै सावित्री कंचनजंगा अगरबत्तीले मानिसहरूको भिड हुने क्षेत्रलाई ध्यान दिँदै तरकारी बजार, फलफूल बजार र फुटपाथमा गई काठमाडौं भ्यालीका विभिन्न ठाउँहरूमा निःशुल्क मास्क वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण हालसम्म पनि फैलिरहेको कारणले हरेक व्यक्तिले मास्कको प्रयोग गर्नु आजको आवश्यकता रहेको सचेतना जगाउँदै मास्क नलगाई हिडिँरहेका व्यक्तिहरूलाई रोकेर मास्क वितरण गर्ने गरिएको थियो । ‘मास्क लगाऔं, सचेत नागरिकको परिचय दिऔं’ भन्ने सन्देश दिनका लागि माक्स वितरण गरिएको हो, सावित्री कंचनजंगा अगरबत्तीका बजार प्रबन्धक पुष्कर केसी बताउँछन् ।



जनमानसमा कोरना भाइरसको सङ्क्रमणबारे सचेतना जगाउँदै पहिलो दिन सोमबार एक हजार मास्क वितरण गरिएको र यसले कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित हुन र मास्क लगाउने बानी बसाउन सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको र आगामी दिनहरूमा पनि यस्तो कार्यक्रमले निरन्तरता पाउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार