माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बस्दैछ । आज (मंगलबार) दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको ढकालले बताए । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्र सोही सम्मेलनलाई ध्यानमा राख्दै आवश्यक तयारीस्वरुप निर्वाचन नियमावली र निर्देशिकालाई पारित गर्न लागिएको नेताहरुले बताएका छन् ।



त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तार, संसदको अवरोध लगायतका समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार