ओलीले लगाए माधव र प्रचण्डमाथि यस्तो आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधव कुमार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आक्रोश पोखेका छन् । आज(मंगलबार) झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले नेपाल र प्रचण्ड प्रति आक्रोश पोखेका हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन माधवकुमार नेपालको भूमिका रहेको भन्दै ओलीले नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी गरे । ओलीले माधव र प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने र माधवकुमार नेपाल कमरेड नभई एमाले विरोधी जनविरोधी रहेको बताए ।



त्यस्तै ओलीले प्रचण्ड लाई ‘असल बाबु, काका, ससुरा र सम्धी भएपनि धोकेवाज,बेइमान छट्टू नेता भएको बताए । ओलीले प्रचण्डले नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेको आरोप समेत लगाए । यस्तै ओलीले माधव नेपाल कम्युनिस्ट आन्दोलन धराशायी बनाउन लागेको भन्दै त्यो सपना पुरा हुन नदिने दाबी गरे । उनले भने, ‘प्रचण्डको पछि लागेर जिन्दगी बरबाद नगर्न माओवादी केन्द्रमा अलमलमा परेकाहरुलाई आग्रह गर्छु । देश बनाउन आउनुहोस् ।’

सम्बन्धित समाचार