नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो

नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो ।

उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ । संसदीय दलको विधान सङ्घीय संसद्मा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने नेता महतोले बताए । प्रदेश नं २ मा नेकपा एमालेका २१ सदस्यमध्ये १३ सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।



यसअघि नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । उनी नेकपा एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन ।

सम्बन्धित समाचार