नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदाै ।

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर राववले पार्टीको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। धनगढीस्थित एमाले पार्टी कार्यालयमा मंगलबार कार्यकर्तासँग छलफल गर्दै राववले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले त्यसलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन्।
रावलले तर, कसैले पाखा लगाउन खाजेकोमा त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए। ‘एमाले बचाउन गि म मात्र होइन, सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ’, रावलले भने, ‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ती हुनेछ।’
उनले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए।

