नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बुधबार ) ६०० रुपैयाँले उकालो लागेको छ । मंगलबार स्थिर रहेको सुनको मूलत आज तोलामा रु ६०० बढ्दै रु ९१ हजार २०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन मंगलबार स्थिर रहदै रु ९० हजार १०० मा कारोवार भएकोमा आजका लागि भने रु ९० हजार ७०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य मंगलबारको मूल्य अनुसार नै तोलाको रु १ हजार २०० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।