केपी ओलीकै अगाडि यसरी गरियाे घनश्याम भुसालको अपमान !

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत भेला कार्यक्रममा घनश्याम भुसालको अपमान गरिएको छ। अध्यक्ष ओलीकै अगाडि भुसाललाई अपमान गरिएको हो। सम्बोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत विष्णु पौडेल, घनश्याम भुसाल, टोपबहादुर रायमाझी त्यहाँ पुगेका थिए ।

कार्यक्रम प्रमुख नेताहरू सबैलाई आसन ग्रहण गराउँदा संचालन गर्ने क्रममा संचालिकाले अन्य नेता सँगै पुगेका घनश्याम भुसाललाई आसन ग्रहण गराउने आवश्यकता ठानिनन् । मध्यमार्गी नेताका रूपमा परिचित भुसालले पार्टी विभाजनको अन्तिम अवस्थामा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बस्ने निर्णय गरेका थिए ।



बुटवल भेलामा भुसाललाई कार्यक्रम संचालिकाले नै आसन ग्रहण नगराएर अपमान गरेकी हुन् । भुसालसँगै पुगेका अन्य नेताहरूको भने नाम नै लिएर आसन ग्रहण गर्न लगाइएको थियो । भेला कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली ढिलो पुगेका थिए । उनी पुग्दा नेता टोपबहादुर रायमाझीले मन्तव्य दिइरहेका थिए ।

रायामाझीको मन्तव्य सकिएपछि कार्यक्रमा संचालिकाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता विष्णु पौडेलको आसन ग्रहण गराइन् । ओली पौडेल र भुसाल एउटा लाइनमा बसेका थिए । ओली र पौडेललाई आसन ग्रहण गर्न अनुरोध गरियो। तर भुसाललाई आसन ग्रहणको आग्रह नगरि अपमान गरिएको थियो ।

सम्बन्धित समाचार