नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार)७०० रुपैयाँले ओरालो लागेको छ । बुधबार रु ६०० बढ्दै रु ९१ हजार २०० मा कारोवार भएको सुनको मूल्य आज तोलामा रु ९० हजार ५०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन बुधबार रु ९० हजार ७०० मा कारोवार भएकोमा आजका लागि भने रु ९० हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य बुधबारको मूल्य अनुसार नै तोलाको रु १ हजार २०० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।