१० बुँदे सहमतिको विषयमा यसो भने ईश्वर पोखरेलले

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमतिबाट किञ्चित पछि नहट्ने बताएका छन् । आज (बिहीबार) नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै महासचिव पोखरेले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका हुन् ।

पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गरे । उनले भने, “२ जेठमात्र भन्ने हो भन्ने विकसित, परिवर्तित, एकता प्रक्रियासहितको एमाले हुँदैन । त्यसैले आजको एमाले एकता प्रक्रियासहहितको एमाले हो । यो बुझ्न जरुरी छ ।’ उनले सत्ता गठबन्धनले मुलुकको विकास र सम्बृद्धिलाई अवरोध बनाउन खोजेको भन्दै यस्तो अवस्थामा केपी ओली नेतृत्वको नेकपा एमालेले राष्ट्रिय राजनीति मुल धारका रुपमा रहेको बताए ।



एकता मजबुत बनाउन १० बुँदे सहमति गरिएको हो भदै पोखरेलले प्रतिबद्धताबाट नेतृत्व किञ्चित पछि नहट्ने दाबी गरे । एमाले फुटको विषयमा उनले एमाले नफुटेको भन्दै किलाकाटा मात्र खुस्किएकोर त्यसलाई मिलाउनुपर्ने बताए ।

सम्बन्धित समाचार