नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदाै ।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको भोलि उद्घाटन गरिने भएको छ । काठमाडौंको मीनभवन आलोकनगरमा रहेको पार्टी कार्यालयको अध्यक्ष माधव नेपालले शुक्रवार उद्घाटन गर्ने तय भएको हो । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रवार बिहान साढे १० बजे पार्टी कार्यालय उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिए ।
भदौ २ गते स्थापना भएको पार्टीले भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको थियो । निर्वाचन आयोगमा दल दर्ता गर्दा एकीकृत समाजवादीले केन्द्रीय कार्यालय बानेश्वर राखेको थियो ।
उपयुक्त घरको खोजीमा पार्टी केन्द्रीय कार्यालय स्थापना गर्न एक महिना लागेको सो पार्टीका नेताहरूले बताएका छन् । पार्टी कार्यालय बागमती करिडोरबाट नजिक रहेको खतिवडाले जानकारी दिएका छन् ।

